विजया दशमी २०७४ को कार्यक्रम सम्बन्धी सूचना


विजया दशमी २०७४ को कार्यक्रम सम्बन्धी सूचना
(डेनमार्क तथा छिमेकी मुलुकहरुमा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु)
नेपाली राजदूतावास, डेनमार्कले गैर-आवासीय नेपाली संघ, डेनमार्क लगायत डेनमार्कस्थित नेपाली संघ संगठनको समन्वयमा वडादशैं २०७४ को अवसरमा विजयादशमीका दिन निम्न समय र स्थानमा वडा दशैंको कार्यक्रम गर्दै छ:
अत: उक्त कार्यक्रममा तोकिएको समय भित्र यहाँहरुलाई अनुकुल हुने समयमा टिका-जमरा तथा प्रसाद ग्रहणका लागि सहभागी हुनुहुन यो सूचना मार्फत् अनुरोध गरिन्छ । साथै सहभागिताको पूर्व-जानकारी तपसीलको इमेल तथा फोन मार्फत् गराइदिनु हुन तथा कुनै उपहारहरू नल्याउनु हुन समेत सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ । यहाँहरुको उपयुक्त सल्लाह, सुझाव एवं सहयोगका लागि नेपाली राजदूतावास, डेनमार्क सधैं कृतज्ञ हुनेछ।
तपसीलः
Venue: Tuborgvej 10, 2900 Hellerup, Denmark (Residence of the Ambassador)
Date and Time: Saturday, 30 September 2017, 12:00 hours to 16:00 hours
Contact Details: Tel: +4544444035/26, Email: embdenmark@gmail.com